एजेन्सी । टिकटकले आफ्नै आवाजमा भिडियो रेकर्ड गर्न नचाहनेहरुका निम्ति आवाज परिवर्तन गर्ने नयाँ अप्शन उपलब्ध गराएको छ । भ्वाइस एफेक्ट प्रयोग गर्न आफ्नै आवाजमा रेकर्ड गरिएको हुनुपर्छ ।
टिकटकमा यसरी गर्न सकिन्छ भ्वाइस एफेक्ट परिवर्तन
-टिकटक खोलेपछि तल तिर रहेको प्लस चिन्हमा गएर थिच्नुपर्छ जसले भिडियो रेकर्ड हुन सुरु हुन्छ ।
-त्यसपछि माथिल्लो दाँया भागमा रहेको भ्वाईस एफेक्टमा थिच्नुपर्छ ।
-त्यसपछि तलबाट विन्डो पपअप हुन्छ र त्यसपछि एकएक गरी सुन्दै मनपरेको एफेक्ट हाल्न सकिन्छ ।
-यहाँ तपाईले स्टिकर वा टेक्सट पनि राख्न सक्नुहुन्छ । त्यसपछि नेक्स्टमा ट्याप गरेर फिनिसमा थिच्ने । यसपछि भिडियोलाई सेभ वा पोस्ट गर्न सकिन्छ ।