एजेन्सी । फेसबुक कम्पनीले पछिल्लो त्रैमासिकमा अपेक्षित भन्दा राम्रो कमाइ गरेको जनाएको छ । फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस होगनले फेसबुकलाई अनैतिक व्यवहार गरेको आरोप लगाएपछि ९ अर्ब डलर नाफा कमाएको हो ।
फ्रान्सिस होगनले फेसबुकका धेरै आन्तरिक कागजातहरू मिडियामा प्रकाशित गरे। उनले कम्पनीले प्रयोगकर्ताको सुरक्षाभन्दा आम्दानीलाई बढी महत्व दिएको आरोप लगाए ।
अघिल्लो वर्ष ७।८ अर्ब डलर मात्र कमाएको थियो । फेसबुकका अनुसार एक वर्षमा मासिक प्रयोगकर्ताको संख्या ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ ।