एजेन्सी । तपाईको हराएको फोनबाट महत्वपूर्ण कुराहरुको जथाभावी प्रयोग हुने सम्भावना उच्च रहेको छ । तपाई यसको लागि आफ्नो हराएको वा चोरी भएको स्मार्ट फोनको लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ । र यसका सबै डाटा मेटाउन पनि सक्नुहुन्छ ।
एन्ड्रोइडमा एक बिल्ट इन ट्र्याकिङ फिचर हुन्छ । यसलाई प्रयोग गरेर तपाईं आफ्नो फोनको लोकेसन पत्ता लगाउन सक्नुहुन्छ ।
यसका लागि google.com/android/devicemanager मा जानुहोस् र आफ्नो गुगल एकाउन्ट लगइन गर्नुहोस् । तपाईं जुन गुगल एकाउन्ट लगइन गर्नुहुन्छ, त्यो एकाउन्टसँग जोडिएका सबै एन्ड्रोइड डिभाइसको लोकेसन गुगल म्यापको सहायताले यहीँबाट हेर्न सकिन्छ ।