एजेन्सी । एप्पललाई उछिनेर माइक्रोसफ्ट कर्पोरेशन सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शुक्रवारको कारोबारमा माइक्रोसफ्टको बजार पूँजीकरण करीब २४ खर्ब ९० अर्ब डलरमा पुगेर बन्द भएको छ ।
एप्पलको बजार पूँजीकरण सोही अवधिमा २४ खर्ब ६० अर्ब डलर रहेको थियो । कम्पनीको आम्दानी चालू आर्थिक वर्षको चौंथो त्रैमासमा अपेक्षा गरिएभन्दा कम भएको बिहीबार एप्पलले बताएको थियो ।
यस वर्षको अहिलेसम्मको अवधिमा माइक्रोसफ्टको शेयरमूल्य ४८ प्रतिशतले बढिसकेको छ ।