एजेन्सी । पछिल्लो समय इन्स्टाग्राममा फलोअर्स बढाउने हुटहुटी चलिरहँदा तपाईं पनि इन्स्टाग्राममा फलोअर्स बढाउन चाहनुहुन्छ ? आफ्ना पोस्टमा लाइक्स तथा प्रतिक्रिया बढि प्राप्त गर्न चाहनुहुन्छ भने यसो गर्नुहोस् :
-ह्यासट्यागको महत्व
इन्स्टाग्राम पोस्टमा क्याप्सनसँगै ह्यासट्याग राख्नाले निकै प्रभावकारी हुन्छ । यसो गर्दा सो ह्यासट्यागको ह्यासट्यागको ट्रेन्डिङ पोस्टमा तपाईंको पोस्ट पनि पर्न सक्दछ जसले तपाईंको अकाउन्टलाई बुस्ट गर्नेछ ।
-बायो आकर्षक बनाउनुहोस्
जब कसैले इन्स्टाग्राममा तपाईंको प्रोफाइल खोल्दछ, सबैभन्दा पहिलो उसको नजर तपाईंको बायोमा पर्दछ । बायोमा आफूसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु, आफ्ना रुचिलगायतका कुरा आकर्षक तथा सटिक ढंगले प्रस्तुत गर्नुहोस् ।
-क्याप्सनमा ध्यान दिनुहोस्
आफ्नो इन्स्टाग्राम पोस्टमा आकर्षक क्याप्सन राख्ने कुराले फलोअर्सको संख्या बढाउन वा पोस्टमा लाइक तथा कमेन्ट बढाउनमा ठूलो भूमिका खेल्दछ ।
-फिचरको प्रयोग
इन्स्टाग्राममा रहेको यो फिचरका बारेमा धेरैलाई थाहा नहुन सक्दछ । इन्स्टाग्राममा आफूले अपलोड गर्ने फोटोसँगै ब्ति तभहत पनि राख्नाले तपाईंको तस्वीर भित्रका सामग्रीहरुको बारेमा इन्स्टाग्रामले वर्णन गरिदिनेछ ।