एजेन्सी । इन्टरनेटमा सामसुङ ग्यालेक्सी एस–२२ अल्ट्रा’ को फोटो लिक भएको छ। फोटोमा देखिएअनुसार यो नयाँ स्मार्टफोनमा कर्भड डिस्प्ले हुनेछ।
यसको पछाडितिर वाटर–ड्रप डिजाइनको चारवटा क्यामरा छ। यी चारवटा क्यामरामा १०८ मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर, १० मेगापिक्सलको टेलिफोटो लेन्स र १० मेगापिक्सलको पेरिस्कोप लेन्स छ।
यो फोन अर्को वर्षको फ्रेबुअरी महिनातिर सार्वजनिक हुने अनुमान गरिएको छ।