एजेन्सी । नोकियाले आफ्नो नयाँ स्मार्टफोन ‘नोकिया सी–३०’ सार्वजनिक गरेको छ। गत साता कम्पनीले आफ्नो सी सिरिज स्मार्टफोनअन्तर्गत ‘नोकिया सी–३०’ ल्याएको हो ।
यो स्मार्टफोनमा १३ मेगापिक्सलको मुख्य क्यामरा र २ मेगापिक्सलको सेकेन्डरी क्यामरा छ। यसको अगाडितिर भने ५ मेगापिक्सलको सेल्फी क्यामरा छ। यो ३ जिबी र्याममा ३२ जिबी आन्तरिक स्टोरेज र ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेजमा पाइन्छ।
‘नोकिया सी–३०’मा भएको ६ हजार एमएएचको ब्याट्रीले १० वाटको फास्ट चार्जिङ समर्थन गर्छ। नेपाली बजारमा यसको मूल्य १२००० तोकिएको छ।