एजेन्सी। कोही मानिस यस्ता पनि हुन्छन्, जो इन्टरनेटमा आफ्नाबारे कुनै विवरण नदेखियोस् भन्ने चाहन्छन् । इन्टरनेटको दुनियाँबाट पुरै अलग्गिन नसकेपनि इन्टरनेटमा देखाइने विवरण धेरै हदसम्म कम गर्न सकिन्छ । यदि तपाईं पनि यस्तै चाहनुहुन्छ भने यसो गर्नुहोस् :
फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंकडिनजस्ता सामाजिक सञ्जालको अकाउन्ट डिलिट गर्नुहोस् । यीबाहेक पनि रेडिट, टम्ब्लर, माईस्पेस जस्ता सञ्जालमा जोडिनु भएको त छैन रु एक पटक सबै सम्झनुहोस् र अकाउन्ट भए डिलिट गर्नुहोस् ।
यसका लागि तपाईंले आफ्नो ईमेल अकाउन्ट नै डिलिट वा क्लोज गर्नुपर्ने हुन्छ । साथै, पहिले सर्च गरेका साइटबाट छुट्कारा पाउन ती सर्च हिस्ट्री पनि हटाउनु पर्ने हुन्छ ।