© 2021-2024
एजेन्सी । तपाईसँग डीएसएलआर क्यामरा छैन ? चिन्ता नलिनुहोस् , अब सजिल्यै मोबाइलबाट पनि राम्रो फोटो खिच्न सकिन्छ । त्यसको लागि यसो गर्नुहोस् :
-पोर्ट्रेट मोडको गर्नुहोस् प्रयोग
तपाईं शानदार ‘ब्लर ब्याकग्राउण्ड चाहनुहुन्छ भने तपाईंले पोर्ट्रेट मोडको प्रयोग गर्नुपर्छ ।
-फ्लास लाइटको प्रयोग कम गर्नुहोस्
एकदमै जरुरी भएको बेला मात्रै फ्लास लाइटको प्रयोग गर्नुहोस् । पर्याप्त प्रकाशमा फ्लास लाइटको प्रयोगले फोटो नराम्रो देखिन्छ ।
-जुमको प्रयोग कम गर्नुहोस्
धेरै व्यक्तिहरूले फोटो खिच्ने बेला जुमको प्रयोग गर्छन् । तर, यस्तो गर्नुहुँदैन । किनकि धेरै जुम गरियो भने फोटोको पिक्सेल फाट्छ, जसकारण फोटो राम्रो आउँदैन ।यसका लागि तपाईंले जुमविना नै फोटो खिच्ने कोसिस गर्नुहोस् ।
-ग्रिडलाइनको उपयोग गर्नुहोस्
ग्रिड लाइनको मद्दतले तपाईं सहजै अब्जेक्टमा फोकस गर्न सक्नुहुन्छ र शानदार तस्वीर खिच्न सक्नुहुन्छ ।