काठमाडौँ । साओमीको रेडमी १० प्राइम स्मार्टफोनको नेपाली बजारमा मूल्य २० हजार ९९९ रूपैयाँ रहेको छ भने ६ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको फोनको मूल्य २३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
फोनमा रियर क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ५० मेगापिक्सेल प्राइमरी, ८ मेगापिक्सेल अल्ट्रा वाइड, २ मेगापिक्सेल म्याक्रो र २ मेगापिक्सेल डेप्थ सेन्सर राखिएको छ । यसमा ४ जीबी र ६४ जीबी स्टोरेज रहेको छ ।
रेडमी १० प्राइममा ८ मेगापिक्सेलको पञ्चहोल सेल्फी क्यामेरा छ । यसमा १८ वाटको चार्जिङसहित ६ हजार एमएएचको ब्याट्री राखिएको छ ।