एजेन्सी । एक अनुसन्धानकर्ताले एउटा यस्तो चार्जिङ केबल तयार पारेका छन् जसले आइफोन चार्ज गर्नेमात्र होइन आइफोनका सबै डाटा चोरी गर्न सक्दछ ।
वास्तवमा त्यो चार्जिङ केबलमा एक चिप राखिएको हुन्छ जसले आइफोनमा टाइप गरिने सबै चिज रेकर्ड गर्न सक्दछ । सो केबलमा जडान गरिएको चिपको सहायताले ह्याकरले सम्बन्धित आइफोनमा रहेका सबै डाटा हात पार्दछ ।
त्यसैले यदि कसैले उक्त तारबाट आइफोन चार्ज गरिरहेको बेला आइफोनमा बैंकको एप खोलेर युजर आइडी तथा पासवर्ड हालेर कारोबार गरियो भने ह्याकरले तपाइँको बैंक अकाउन्ट पनि हात पार्न सक्दछ । यो कम्पनीको आम रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ र साइबर सेक्योरिटी भेन्डरले यसको बिक्री सुरु गरेको छ ।