एजेन्सी । के तपाईको नयाँ मोबाइलमा चार्ज टिक्दैन ? ब्याट्रीको चार्ज सकिएपछि चार्ज हुन पनि घन्टौं समय लाग्छ । त्यसो हो भने यसो गर्नुहोस् :
-आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस्
सबैभन्दा राम्रो फोनको आधिकारिक चार्जरबाट मात्र चार्ज गर्दा सबैभन्दा राम्रो परिणाम दिन्छ ।
-मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस्
यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ ।
-फोन पूरै बन्द गरेर चार्ज गर्ने
मोबाइल चलाउँदै चार्ज गर्दा भने ब्याट्रीमा समस्या निम्तिन्छ । मोबाइल तात्ने समस्या बढी देखिन्छ । त्यसैले बन्द गरेर चार्ज गर्नुहोस् ।
-मोबाइल युएसबी पोर्टबाट चार्ज नगर्नु उत्तम
मोबाइल फोन युएसबी पोर्टबाट भन्दा बिजुलीबाट धेरै छिटो चार्ज हुन्छ ।
-तापक्रम मिलाउनुहोस्
तात्ने गरी ब्याट्री राख्दा यसको क्षमतामा ह्रास आउँछ । फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ ।