एजेन्सी । चिनियाँ वैज्ञानिकहरुले हालसम्मकै सर्वाधिक शक्तिशाली क्वान्टम कम्प्युटर बनाएका छन् । विद्यमान साधारण कम्प्युटरहरुद्वारा गर्न असम्भव हुने समस्याहरु यस क्वान्टम कम्प्युटरले समाधान गर्नसक्ने बताइएको छ ।
पाँचौ शताब्दीका चर्चित गणितज्ञको नामबाट यो कम्प्युटरको नाम जुचोंघी २।१ ९श्गअजयलनशजष् द्द।ज्ञ० राखिएको हो ।
क्वान्टम कणहरु निकै लचिलो हुन्छन् जसलाई क्यू बिट्स अर्थात् क्वान्टम बिट्स भनिन्छ । ती क्यू बिट्सहरु सुपर कम्प्युटरले पनि सँगै सञ्चालन गर्न सक्दछ ।