एजेन्सी। इन्स्टाग्रामले छोटो भिडियो प्ल्येटफर्म रिल्समा भिडिओ राख्ने क्रियटरलाई पैसा दिने भएको छ । कम्पनीले गएको जुलाईमा रिल्सका लागि बोनस प्रोग्राम सार्वजनिक गरेको थियो ।
एक जना रेडईड प्रयोगकर्ताले रिल्सले अफर गरेको मूल्य सहितको स्क्रिनशट शेयर गरेका छन् ।
उक्त स्क्रिनअनुसार रिल्सले ३५ हजार अमेरिकी डलर अर्थात् ४१ लाख रुपैयाँ भन्दा बढी अफर गरेको देखिन्छ । तर, त्यसका लागि एक महिनामा ५८।३१ मिलियन भ्युज आवश्यक पर्ने जनाइएको छ ।