
एजेन्सी । हालै मात्र मलेसियामा सार्वजनिक भएको ओपोको नयाँ स्मार्टफोन ओपो ए–९५’८ मा जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज रहेको छ। यो फोनमा क्वालकम स्न्यापड्रैगन ६६२ एसओसी प्रोसेसर छ।
यो फोनमा तीनवटा क्यामरा छ, जसमा ४८ मेगापिक्सलको मुख्य क्यामरा, २ मेगापिक्सलको सेन्सर र २ मेगापिक्सलको म्याक्रो सेन्सर छ। सेल्फीको लागि यसको अगाडितिर १६ मेगापिक्सलको क्यामरा छ।
यसैगरी यसमा भएको पाँच हजार एमएएचको ब्याट्रीले ३३ वाटको भोक फ्ल्यास फास्ट चार्जिङ टेक्नोलोजी समर्थन गर्छ।
‘ओपो ए–९५’को मूल्य भने १९ हजार छ सय भारु रहेको छ ।