एजेन्सी। मोबाइलमा वाईफाई भएको बेला फेसबुक एपमा भिडिओ आफैं प्ले हुने गर्छ । तर, यदि मोबाइल डेटाबाट चलाउँदै हुनुहुन्छ भने तपाईंको मोबाइल डेटा धेरै नै छिटो सकिने गर्छ । त्यसको लागि यसो गर्नुहोस् :
-सुरुमा आफ्नो मोबाइलमा रहेको फेसबुक एप खोल्नुहोस् र ‘सेटिङ एन्ड प्राइभेसी’ भित्र रहेको सेटिङ्समा जानुहोस् । त्यहाँ तल रहेको मिडियामा जानुहोस् ।
-अब त्यहाँ तपाईंले ‘भिडिओ क्वालिटी’, ‘अटो प्ले’ र ‘भिडिओ एन्ड फोटो सेटिङ’ अन्तर्गत उपलब्ध विकल्प मध्येबाट आफ्नो अनुकूलता अनुसार टिक लगाउँदै जानुहोस् ।