एजेन्सी। फेसबुक म्यासेन्जरमा ग्रुप इफेक्ट फिचर थपिएको छ । यो फिचरले म्यासेन्जरको भिडियो कलमा सहभागी सबैले एकैपटक आगुमेन्टेड रियालिटीको अनुभव गर्न पाउने छन् ।
अहिले म्यासेन्जर प्रयोगकर्ताले ७० वटा यस्ता इफेक्ट प्रयोग गर्न पाउनेछन् । अहिले म्यासेन्जरमा भएको आगुमेन्टेड रियालिटी फिचरमा एक समयमा एक सहभागीले एउटा इफेक्ट प्रयोग गर्न सक्ने सुविधा छ ।