एजेन्सी । जापानको फुटबल खेलाडी केउसुके होन्डाको स्टार्टअप कम्पनीले बनाएको उड्ने बाइक बिक्रीका लागि राखिएको छ । जापानी बजारमा उपलब्ध उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (९८ करोड १७ लाख रुपैयाँ) राखिएको छ ।
टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ ।
एकचोटि चार्ज गरेपछि यो बाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ।