एजेन्सी। आजभोलि टिकटक प्रयोग नगर्ने सायदै होला । पछिल्लो समय अत्याधिक रुचाइएको टिकटकले बच्चादेखि ठुला सबैलाई लोभाएको छ । तर, कहिलेकाहीँ टिकटकले तपाईको अकान्टलाई फ्रिज गराइदिन्छ । नक्कली सामग्री पोस्ट गर्दा टिकटकले अकाउन्ट फ्रिज गराउँछ । यदि तपाईं टिकटकमा पहिले नै पोस्ट गरिएको भिडिओ आफ्नो अकाउन्टमा पोस्ट गर्नुभयो भने तपाईंको अकाउन्ट फ्रिज हुन्छ ।
त्यसैले लाइक र इंगेजमेन्टका लागि अरु मानिसहरुको भिडिओ पोस्ट नगर्नु नै उपयुक्त हुन्छ । सुरुमा, यसले तपाईंलाई टिकटकमा छवि जमाउन मद्धत त गर्न सक्छ, तर पछि तपाईंको अकाउन्ट नै फ्रिज हुनेछ । यद्दपी, तपाईको अकाउन्ट फ्रिज भए यसरी अनफ्रिज गर्न सकिन्छ :
-अन्य व्यक्तिको भिडिओमा लाइक वा कमेन्टका साथ प्रतिक्रिया दिनुहोस् ।
-आकर्षक र मौलिक भिडिओहरू पोस्ट गर्नुहोस् ।
– लगआउट गर्नुहोस्, एप अनइन्स्टल गर्नुहोस्, फोन रिस्टार्ट गर्नुहोस, पुन: टिकटक इन्स्टल गर्नुहोस् र त्यसपछि पुनस् लगईन गर्नुहोस् ।