© 2021-2024
काठमाडौं । पछिल्लो समय सोसल मिडियाको प्रयोगसँगै अनैतिक र अश्लील क्रियाकलाप पनि बढिरहेका छन् । यस्ता गतिविधि भएको थाहा पाउनुभयो भने कहाँ उजुरी गर्ने ?
-फेसबुक
पोस्टको माथिपट्टिको दायाँ भागमा रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् ।
त्यहाँ अन्तिममा रहेको फाइन्ड सपोर्ट अर रिपोर्ट पोस्टमा जानुहोस् ।
फेसबुकलाई त्यस्तो पोस्टको बारेमा सुझाव तथा प्रतिक्रिया दिन त्यहाँ रहेका मध्ये उपयुक्त विकल्प छान्नुहोस् ।
सबमिट बटन थिचेर तपाईंले फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ ।
-साइबर ब्युरो
पछिल्लो समय इनटरनेट प्रयोगकर्ताहरु दैनिक अनलाइन बुलिङको सामना गरिरहेका हुन्छन् । तर धेरैले यस्ता गतिविधिविरुद्ध कहिल्यै रिपोर्ट गर्दैनन् । किनकी उनीहरुलाई रिपोर्ट तथा उजुरी गर्ने प्रक्रियाको कुनै जानकारी नै हुँदैन । त्यस्ता दूर्व्यवहारका घटनाहरु विरुद्ध उजुरी लिन तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरी अन्तर्गत साइबर ब्युरो गठन भएको छ ।