एजेन्सी। ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । कम्पनिले आफैँ स्टिकर बनाउन सकिने सुविधा ल्याएको हो ।
यसका लागि तपाईंले वेब ब्राउजरमा गएर ह्वाट्सएप खोलेर अट्याचमेन्ट आइकनमा क्लिक गरेर स्टिकर छनौट गरी फोटो अपलोड गर्न इमेजमा क्लिक गर्नुहोस् ।
तस्वीर अपलोड भइसकेपछि तपाईंले एडिट गरी त्यसबाट कस्टम स्टिकर बनाउन सक्नुहुन्छ । आफ्नो कस्टम स्टिकर तयार पारिसकेपछि स्क्रिनको तल पुछारमा रहेको सेन्ड बटनमा क्लिक गर्नुहोस् ।