एजेन्सी । प्रयोगकर्ताका अभिरुचीलाई ध्यानमा राखेर साओमीले नयाँ स्मार्टफोनहरू बजारमा ल्याउँदैछ। साथै, हामीले साओमीबारे केहि कुराहरु थाहा पाउनु जरुरी छ । त्यसबारे आज हामी चर्चा गछौँ । यस्ता छन् साआमीका राम्रा पक्षहरू:
-विश्वको ठूला स्मार्टफोन उत्पादनकर्ताहरूको सूचीमा साओमीले आफ्नो नाम बनाउन सफल भएको छ । सबै प्रकारका प्रयोगकर्ताको पहुँचले भ्याउने मूल्यको कारण पनि यो फोन चर्चित छ ।
-साओमीले कुनै देश वा क्षेत्रलाई लक्षित गरेर फोन उत्पादन गर्दैन ।उसका फोनहरू हरेक प्रकारका प्रयोगकर्तालाई लक्षित गरी बनाइएको छ । ताकि सबै खाले बजेटमा प्रयोगकर्ताले स्मार्टफोन प्रयोग गर्न पाउछन् ।
-साओमीले सुरुमा बिक्रीदेखि कस्टमर सपोर्टसम्मको कामहरू अनलाइनबाट नै सुरु गरेको थियो । पुराना उपभोक्ताका लागि यो अनावश्यक भएपनि अनलाइन कारोबारमा अभ्यस्त पुस्ताको लागि यो एउटा राम्रो अवसर बन्न पुग्यो।यसका नराम्रो पक्ष:
-साओमीको कस्टमर केयर सर्भिसको गुणस्तरको बारेमा धेरै गुनासोहरू आउने गरेका छन् । ग्राहकका प्रश्नहरूको प्रतिक्रिया नआएको देखि लिएर मोबाइलको मर्मत समयमा नभएको वा नपाइएको सम्मका गुनासा आउने गरेका छन् ।
-चिनियाँ ब्राण्डको रूपमा, साओमी चिनियाँ सरकारसँगको सम्बन्धका कारण अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको आरोपबाट अछुतो छैन । यसले गर्दा साओमीका धेरै प्रयोगकर्ताका लागि यो खतराको संकेत हुनसक्छ ।
-साओमीले केही महिनाभित्रै धेरै मोडेलका स्मार्टफोनहरू सार्वजनिक गर्नुको अर्थ हो, ती फोनहरू एकअर्का भन्दा धेरै फरक हुँदैनन् । यसले कहिलेकाहिँ ग्राहकलाई पछुतो लाग्न सक्छ ।
© 2021-2024