© 2021-2024
एजेन्सी । इन्स्टाग्राममा एकैपटक धेरै तस्बिर सेयर गर्न चाहनुहुन्छ । त्यसो हो भने यसो गर्नुहोस्। सुरुमा इन्स्टाग्राम खोलेर बारको प्लस आइकनमा क्लिक गर्नुहोस । त्यहाँ दिइएको विभिन्न अप्सनहरुबाट स्टोरी भन्ने अप्सनमा थिच्नुुहोस् । अब तपाईले सेलेक्ट गर्नुपर्ने फोटो फोनको तल्लो भागबाट छान्नुपर्छ ।
त्यसपछि सेयर गर्नुपर्ने फोटो वा भिडियो सेलेक्ट गरेपछि स्क्रीनको माथिल्लो भागमा रहेको स्टीकर आइकनमा क्लिक गर्नुहोस् ।अझै फोटो हाल्नलाई पनि यही प्रक्रिया पुनः दोहोर्याउनुपर्ने हुन्छ ।