© 2021-2024
एजेन्सी। आगामी वर्ष सन् २०२२ मा बजारमा गुगल कम्पनीले पिक्सेल स्मार्टवाच ल्याउँदैछ । पिक्सेल ब्रान्डबाट वर्षौंदेखि आफ्नै स्मार्टफोन बनाइरहेको गुगलले पिक्सेल स्मार्टवाच पनि बजारमा ल्याउने भएको हो ।
गुगलले हालसम्म स्मार्ट घडी नबनाएको भए पनि सन् २०१४ देखि नै स्मार्ट घडीका लागि उसको एन्ड्रोइड प्लाटफर्म रहेको छ ।
गुगलको पिक्सेल स्मार्टवाच फिटबिटको स्मार्टवाच भन्दा महँगो हुने र प्रत्यक्ष रुपमा एप्पल वाचसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
पिक्सेल स्मार्टवाचमा स्टेप काउन्ट, हार्ट रेट मोनिटर लगायतका फिटनेट ट्रयाकिङ फिचर हुनेछ ।