एजेन्सी । आजभोलिको स्मार्टफोन प्रयोग नगर्नै सायदै होला । स्मार्टफोनको प्रयोग गरेर धेरैले कार्यालय र व्यवसायिक कामहरु पनि गर्ने गर्दछन्। जसका कारण स्मार्टफोनको सुरक्षामा ध्यान दिनु पनि आवश्यक भइसकेको छ। तपाइँका गोप्य सूचना र जानकारीहरु स्मार्टफोन हराउँदा वा कार्याल, घरमा छोडेको अवस्थामा अरुको पहुँचमा नपुगोस् भन्नका लागि स्मार्टफोनलाई सुरक्षित राख्न आवश्यक छ ।
तपाई आफ्नो फोनमा के कुरा डाउनलोड गर्दै हुनुहुन्छ र कुन एप डाउनलोड गर्दा के कस्ता शर्तको पालना गर्नुपर्दछ भन्ने कुरा थाहा पाउनु आवश्यक हुन्छ ।
फोनसँगै आउने Bloatwares कतिपय अवस्थामा फोनको स्पेसको लागि समस्याको कारण बन्न सक्दछ । त्यसैले त्यस्ता एपलाई सम्भव भएसम्म हटाउनुहोस् । कसरी राख्ने आफ्नो फोनलाई सुरक्षित यसो गर्नुहोेस् ;
-पासकोड प्रयोग गर्नुहोस्
-गुगल एकाउन्ट तथा आइक्लाउड सुरक्षित राख्ने
-जेलब्रेक र रुट नगर्ने
-एप राख्दा सावधानी अपनाउने