एजेन्सी । युवाहरुलाई लक्षित गरेर इन्स्टाग्रामले टेक अ ब्रेक र अरु सुरक्षा फिचरहरु सार्वजनिक गरेको छ । यो फिचर अहिले अमेरिका, बेलायत, क्यानेडा र अष्ट्रेलियमा लञ्च भएको छ ।
एपले हरेक १०, २० वा ३० मिनेट पछि तपाईलाई मनपर्ने अन्य केही कुरा गर्न जानकारी दिने गर्दछ । प्रयोगकर्ताले आफ्नो स्क्रिनमा ‘टेक अ ब्रेक’ नामक अप्सन देख्नेछन् ।
तपाईलाई यो फिचरमा आफूखुशी कति समय एपमा बिताउने भनेर पनि छान्न सक्नुहुनेछ । यो फिचरले गर्दा तपाईको फिड भने फ्रिज हुँदैन् ।