एजेन्सी । स्न्याप च्याटमा जस्तै ह्वाट्सएपले सबै खालका म्यासेज स्वतः डिलिट हुने फिचर सुरु गर्ने भएको छ । प्रयोगकर्ताले चाहेको समयमा आफूले गरेको च्याट स्वतः हराउने गरी समय सेट गर्न मिल्नेछ ।
ह्वाट्सएपका अनुसार प्रयोगकर्ताले अब ह्वाट्सएपमा गरिएको च्याट २४ घण्टा, ७ दिन वा ९० दिनपछि स्वतः डिलिट हुने गरी समय निर्धारण गर्न सकिनेछ ।