एजेन्सी । रियलमी जिटी निओ–२ मा ६.६२ इन्चको फुल एचडिप्लस रिजोलुसन भएको एमोलेड डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट र ६०० हर्जको टच स्याप्लिङ रेट पाउन सक्छौं।
स्टोरेजका लागि भने यो फोनमा ८ जिबी र्याम र १२८ जिबी इन्टरनल स्टोरेज पाउन सकिन्छ। यसमा ५००० एमएएचको ब्याट्री भएकाले फोन धेरैबेर चलाउन सकिन्छ।
यो फोनको पछाडितिर हामीले तीनवटा क्यामरा देख्न सक्छौं, जसमा ६४ मेगापिक्सलको प्राइमरी क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। ।
नेपाली बजारमा यो फोन ५४ हजार एक सय ९९ रूपैयाँमा किन्न सक्नु हुन्छ।