एजेन्सी । ओपोको ‘रेनो ७’का सिरिजमा तीन नयाँ स्मार्टफोन रहेको छ, जसमा ‘ओपो रेनो ७ ५–जी’, ‘ओपो रेनो ७ प्रो ५–जी’ र ‘ओपो रेनो ७ एसइ ५–जी’ छ।
ओपो रेनो ७ ५–जीमा १२ जिबी र्याम र २५६ जिबीको आन्तरिक स्टोरेज छ। यसको सेल्फी क्यामरा भने ३२ मेगापिक्सलको छ।
यसैगरी ओपो रेनो ७ प्रो ५–जीमा १२ जिबी र्याम र २५६ जिबीको आन्तरिक स्टोरेज छ। यो स्मार्टफोनमा पनि तीनवटा क्यामरा छ।
अर्को नयाँ मोडल ओपो रेनो ७ एसइ ५–जीमा मा ८ जिबी र्याम र २५६ जिबीको आन्तरिक स्टोरेज छ।
ओपो रेनो ७ ५–जी’को मूल्य ३८ हजार पाँच सय भारु, ‘ओपो रेनो ७ प्रो ५–जी’को मूल्य ४६ हजार सात सय भारु र ‘ओपो रेनो ७ एसइ ५–जी’को मूल्य २८ हजार भारु तोकिएको छ।