इमिरेट्सका युवराज शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतूमले दुबई शतप्रतिशत कागजविहीन हुने विश्वको पहिलो सरकार भएको घोषणा गरेका छन्।
दुबई १०० प्रतिशत कागजविहीन हुने विश्वको पहिलो सरकार बनेको छ, इमिरेट्सका युवराज शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतूमले १३ अर्ब दिर्हाम (अमेरिकी डलर ३५० मिलियन) र मानव कामदारको १ करोड ४० लाख घण्टा समय बचत गर्ने घोषणा गरेका छन्।
दुबई सरकारमा सबै आन्तरिक तथा बाह्य लेनदेन र प्रक्रियाहरू अब १०० प्रतिशत डिजिटल र एक व्यापक डिजिटल सरकारी सेवा प्लेटफर्मबाट व्यवस्थित हुनेछन।
“यस लक्ष्यको उपलब्धि जीवनलाई सबै पक्षहरूमा डिजिटलाइज गर्ने दुबईको यात्रामा नवाचार, रचनात्मकता र भविष्यमा ध्यान केन्द्रित गर्ने यात्राको नयाँ चरणको सुरुवात हो,” शेख हमदानले शनिबार एक विज्ञप्तिमा भने।
“यस उपलब्धिले विश्वको अग्रणी डिजिटल क्यापिटलको रूपमा दुबईको स्थिति र ग्राहकको खुशी बढाउने सरकारी सञ्चालन र सेवाहरू डिजाइन गर्नको लागि रोल मोडेलको रूपमा यसको स्थितिलाई सुदृढ बनाउँछ,” उनले भने।
अमेरिका, बेलायत, युरोप र क्यानडाले सरकारी कार्यविधि र नागरिक पहिचानलाई समेट्ने सरकारी कार्यलाई ठूलो मात्रामा डिजिटलाइज गर्ने योजना व्यक्त गरेका छन्। यद्यपि, उनीहरुले यसको साइबर आक्रमणको जोखिममा तर्क गरेका छन्।
दुबई क्राउन प्रिन्सले सरकारले आगामी पाँच दशकहरूमा दुबईमा डिजिटल जीवन सिर्जना गर्न र अभिवृद्धि गर्न उन्नत रणनीतिहरू लागू गर्ने योजना रहेको बताए।