१२ मंसिर २०७९, सोमबार

Logo

नेपालमा प्राविधिक शिक्षा र डिजिटल नेपालको अवधारणा !



डिजिटल नेपालले शिक्षा क्षेत्रमा परिस्कृत शिक्षण सिकाइ वातावारणको निर्माण जस्ता पहल द्वारा नयाँ आर्थिक अवसरहरुको उपयोग गर्न सक्ने मानव संसाधन तयार पार्ने उदेश्य लिएको छ। यसमा शिक्षणमा सहयोग गर्ने, सिकाई सम्बन्धि अनुभवलाई समृद्द पार्ने र शैक्षिक नातिजाहरुमा सुधार ल्याउने जस्ता विषयहरुमा डिजिटल प्रविधि प्रयोगका कुराहरु पर्दछन।

के नेपाल सरकारले घोषणा गरेजस्तै गुणस्तरीय प्राविधिक शिक्षा नेपालका विश्वविधालय वा शैक्षिक संस्थाहरुले दिइरहेका छन् त? यसको लेखा जोखा गर्ने आधार खडा गर्न भने सरकार चुकेको छ।

प्राविधिक शिक्षालाई महत्वका साथ् अध्यापन गराउने भनिएका अमृत क्याम्पस, पाटन क्याम्पस, भक्तपुर क्याम्पस तथा उपत्यका बाहिरका सरकारी क्याम्पसहरुमा के कस्तो माध्यम बाट पढाई हुन्छ यसको लेखाजोखा समेत कुनै सम्बन्धित निकायहरु संग छैन, सरकारी क्याम्पसहरुको कुरा गर्दै गर्दा के निजि क्याम्पसहरुले गुणस्तरीय शिक्षा दिइरहेका छन् त? यो प्रश्नको जवाफ पनि कोहि संग यसै भन्न सकिने अवस्थामा छैन, १० मा १ सम्मले केहि स्तर सम्मको गुणस्तर दिन भने प्रयास गरेको पाइन्छ।

यसै क्रममा केहि उपत्यका भित्रकै प्राविधिक शिक्षा पढाइ हुने अमृत क्याम्पस, पाटन क्याम्पस, पध्मकन्या लागायतका क्याम्पसहरुमा सर्वेक्षण गर्दा सबै जसो क्याम्पसहरुमा पुरा पाठ्यक्रम पढाई नहुने, उचित प्रयोगशालाको व्यवस्था नहुने तथा भएका प्रयोगशालाहरु पनि उचित मानव संसाधन नहुदा उपयोग नभएको पाइएको छ। त्यस्तै निजि क्याम्पसहरुमा पनि चाहिने जति व्यवहारिक ज्ञान प्रयोगशालामा नदिने र अधिकतम महशुल लिने मात्रै गरिएको पाइएको छ। केहि विधाथीहरु त अझै पनि प्राविधिक शिक्षाको नाममा परम्परागत कागजी शिक्षा नै लिनुपरेको गुनासो समेत गर्नुहुन्छ।

त्यसो त डिजिटल नेपालको अवधारणा अगाडी सार्ने मुख्य राजनैतिक पार्टीहरु पनि परम्परागत शैलीबाट अगाडी बढेको देखिन्छ नेकपा एमालेले आफ्नो दशौँ रास्ट्रिय महाधिवेशनमा विधुतिय भोटिङ्ग उपकरणको प्रयोगलाई मान्यता दियता पनि नेपालकै पुरानो पार्टी नेपालि कांग्रेसले भने आफ्नो १४ औं माहाधिवेशनमा विभिन्न सुरक्षा बाहाना देखाउंदै पानी त्याङ्किको प्रयोग गरेको छ।

देशमा युवा सशक्तिकरण र प्रविधि सिकाई जस्ता विभिन्न बाहानाले खोलिएका रास्ट्रीय तथा अन्तरास्ट्रिय संघ संस्थाहरुले समेत आफ्नो स्वार्थका लागि प्रयोग मात्रै गरिएको पाइन्छ, एक सर्वेक्षण अनुसार देशका १८ देखि ३० वर्ष उमेर समुहका ६० प्रतिशत युवाहरु यस्तै संघ संस्थामा विभिन्न प्रलोभनमा परि प्रयोग भएको पाइएको छ।

डिजिटल नेपाल आँफैमा एक विशाल उदेश्य हो, उक्त उदेश्य प्राप्तिका लागि शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन जस्ता क्षेत्रहरुमा आमुल परिवर्तन गर्न जरुरि देखिन्छ तर देशमा भए गरेका कुनै पनि गतिविधिहरुले उक्त उदेश्य पुरा हुने कुनै छाँटकाँट भने देखाएको बुझिदैन, त्यसो त उक्त अवधारणा चुनावी एजेन्डा मात्रै हो त भन्ने प्रश्नहरु समेत गुञ्जिन थालेका छन्।

त्यसो त अहिलेकै रफ्तारमा सरकार अगाडी बढ्ने हो भने अझै एक शताब्दि नेपाल डिजिटल नेपाल हुने आशा गर्न सकिंदैन।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन