एजेन्सी । एप्पलले नयाँ कीर्तिमान कायम गर्दै शेयर मूल्यमा अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ । एप्पल कम्पनीको मूल्य सोमबार करीब ३० खर्ब डलर पुगेको थियो ।
सोमबार एप्पलको शेयर मूल्यमा अघिल्लो हप्ताको अन्तिम दिनभन्दा २ प्रतिशत वृद्धि भएर प्रतिशेयर १८२.८६ डलर पुगेको भए एप्पल कम्पनीको मूल्य ३० खर्ब पुग्ने थियो ।
गत हप्तामात्रै एप्पलको शेयर मूल्यमा ११ प्रतिशतले वृद्धि भएको थियो ।