एजेन्सी। कहिलेकाँही हाम्रो मोबाइल पटक पटक ह्याङ हुन थाल्दछ । साथै, कयौं समय स्टोरेजका कारण समस्या आउन सक्छ। यदि तपाईंको मोबाइल स्लो हुन थालेको छ भने केही एप, फोटो, भिडियो र अन्य मिडिया फाइल हटाउन सक्नुहुन्छ ।
यदि हरेक पटक तपाईंलाई फोनको स्टोरेजले दिक्क पारिरहेको छ भने यसो गर्नुहोस्:
टेम्पररी फाइल डिलिट गर्नुहोस्
फोनमा रहेका क्याश फाइल डिलिट गरेर समेत तपाईं फोनको स्टोरेज खाली गर्न सक्नुहुन्छ ।
क्लिनिङ एपको प्रयोग गर्नुहोस्
फोनको मेमोरी फुल हुँदै जाँदा अक्सर प्रयोगकर्ताले क्लिनिङ एपको प्रयोग गरिरहेका हुन्छन् । यसको साटो तपाईं गुगलको फाइल एप प्रयोग गर्नुहोस् ।