९ चैत्र २०७९, बिहीबार

तपाई आफ्नो फेसबुक पोस्टमा आएका लाइक लुकाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्




एजेन्सी। आजभोलि फेसबुकमा कति जनाले रियाक्ट गरे, कतिले फोटोमा लाइक गरे भनेर अरुले हेर्न नमिल्ने बनाउन मिल्छ । तथापि, पोष्ट गर्ने व्यक्तिले भने क-कसले रियाक्ट गरेका छन् भनेर हेर्न मिल्छ ।

यदि तपाईं पनि आफ्ना पोष्टमा आएको लाइक लुकाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्

-फेसबुक एपमा आफ्नो अकाउन्ट लग ईन गर्नुहोस् ।
– फेसबुकको दाँयातर्फको माथितिर भएको तीनवटा धर्का भएको मेन्युमा ट्याप गर्नुहोस् ।
-मुनि स्क्रोल गरेर तल रहेको ‘सेटिङ एन्ड प्राइभेसी’ बटनमा ट्याप गर्नुहोस् ।
-अब तपाईंले ‘सेटिङ एन्ड प्राइभेसीको’ मुनी रहेको सेटिङ ‘अप्सन’ लाई ट्याप गर्नुहोस् ।
-अब प्रिफरेन्सेस अन्तर्गत भएको ‘रियाक्सन प्रिफरेन्सस’ मा ट्याप गर्नुहोस् ।
तपाईंले दुईवटा विकल्प पाउनुहुन्छ । जसमा दोस्रो विकल्प छानेर आफ्नो पोष्टमा गरिएका लाइक हेर्न नमिल्ने बनाउन सक्नुहुन्छ ।

 


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः