एजेन्सी । चिनियाँ कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाइ–३२ सार्वजनिक गरेको छ। यसमा ८ जिबी र्याम छ, जुन बिल्ट–इन स्टोरेज उपयोग गरेर १२ जिबीसम्म बढाउन सकिन्छ।
यो स्मार्टफोनमा दुईवटा क्यामरा छ, जसमा १३ मेगापिक्सलको प्राइमेरी सेन्सर र २ मेगापिक्सलको सेकेन्डरी सेन्सर छ। यसको अगाडितिर ८ मेगापिक्सलको क्यामरा पाउन सकिन्छ।
चिनियाँ बजारमा मात्र उपलब्ध यो फोनको मूल्य भारतमा करिब १६ हजार सात सय भारु पर्छ।