© 2021-2024
एजेन्सी। कहिलेकाँही तपाई भिडियो हेर्दा या कुराकानी गर्दा मोबाइलको इन्टरनेट स्पिड निक्कै स्लो हुने गर्छ । यदि मोबाइलमा डाटाको स्पिड ढिला भएर तपाई हैरान हुनुहुन्छ भने यसो गर्नुहोस् :
-लो डेटा मोड निष्कृय पार्नुहोस्
यदि तपाईंसँग सीमित मात्रामा मात्रै डेटा उपलब्ध छ भने यो फिचर उपयोगी हुन्छ । तर यदि तपाईंले अनावश्यक रुपमा त्यसलाई सक्रिय बनाउनु भएको छ भने तपाईंको मोबाइल इन्टरनेट स्पिड स्लो हुन सक्छ । त्यसैले यस्तो मोड निष्क्रिय पार्नु भयो भने तपाईंको डेटा स्पिड फास्ट हुनसक्छ ।
-फोन रिस्टार्ट गर्नुहोस्
तपाईंले आफ्नो फोन रिस्टार्ट गर्दा तपाईंको स्लो डेटा स्पिडको समस्या समाधान हुन सक्छ ।
-फरक स्थानमा जानुहोस्
यदि कुनै निश्चित स्थानमा मात्र तपाईंले डेटा स्पिडको समस्या भोगिरहनु भएको छ भने कुनै अन्य स्थानमा जानुहोस् । यस्तोमा तपाईंले आफू रहेको बिल्डिङबाट बाहिर जानुपर्ने वा केही किलोमिटर टाढा जानुपर्ने पनि हुनसक्छ ।