निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले एक कार्यक्रममा निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने व्यवस्था मिलाउने कुरा उल्लेख गरेका छन्।
उनका अनुसार उक्त तयारि सफल भए चुनाव थप सहज र विश्वसनीय हुनुका साथै विदेशमा रहेका ४० लाख नेपालीले समेत मतदान गरि आफ्ना प्रतिनिधि छनौट गर्न सक्नेछन।
वर्षौं देखि नेपालमा पानीका ट्यांकी तथा परम्परागत शैलीबाट निर्वाचन हुँदै आएका छन् भने डिजिटल नेपालको अवधारणा पछि समेत उक्त शैली परिवर्तन भएको देख्न भने पाइएको छैन। यसै विषयलाई लिएर कहिलेकाहीं सामाजिक संजालहरु तिर सरकारको चर्को आलोचना पनि हुने गरेको पाइन्छ।
हालै भएको जनगणनामा कूटनीतिक नियोगहरूको सहयोगमा विद्युतीय प्रणालीमार्फत विदेशमा रहेका नेपाली नागरिकको तथ्याङ्क सङ्कलन गरिएको थियो । यद्यपि विधुतिय मतदानका लागि सबै राजनैतिक दलहरु तयार भईनसकेको अवस्था छ, निर्वाचन आयोगको उक्त प्रस्ताव पछि राजनैतिक दलहरु विच आन्तरिक छलफल भने शुरु भएको छ।