एजेन्सी । रुसको मस्कोस्थित एक अदालतले गुगलको मातृ कम्पनी अल्फाबेटमाथि ९ करोड ८० लाख डलर जरिवाना गरेको छ । रुसले गैरुकानूनी बनेका सामग्रीहरू हटाउन बारम्बार असमर्थ भएको भन्दै रुसी अदालतले अल्फाबेटमाथि ७ अर्ब २० करोड रुबल्स जरिवानाको फैसला गरेको हो।
शुक्रबार नै सोही अदालतले फेसबुकको मातृ कम्पनी मेटाका प्लाटर्फहरूमाथि दुई करोड ७१ लाख डलर जरिवानाको फैसला गरेको छ । गैरकानूनी सामग्रीहरु नहटाएको भन्दै मेटामाथि रुसी अदालतले जरिवाना गरेको हो।