Trending:

इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन
इन्टरनेट

सी.जी नेट(CG NET) क्रेज, हात्ती आयो हात्ती आयो फुस्स !

सी.जी नेट(CG NET) क्रेज, हात्ती आयो हात्ती आयो फुस्स !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

इन्टरनेट हाम्रो आधुनिक जीवनको अभिन्न अंग बनिसकेको छ, यति धेरै, कि संयुक्त राष्ट्रले पनि इन्टरनेट पहुँच मानव जातिको एक आधारभूत अधिकार हो भन्छ। यधपी सबैको धारणा एकै नहोला तर व्यावसायिक आवश्यकताहरूदेखि व्यक्तिगत मनोरञ्जनसम्म आधारभूत डिजिटल समाजीकरणसम्म, ईन्टरनेटमा हाम्रो निर्भरताले हाम्रो जीवनलाई अन्तरसम्बन्धित आनन्द प्रदान गरेको छ।

बढ्दो पूर्वाधार, किफायती, र यसको पहुँचको आधारमा भन्ने हो भने इन्टरनेटको प्रयोगकर्ता बढ्दो संख्यामा मात्रै देख्न सकिन्छ।

इन्टरनेशनल टेलिकम्युनिकेसन्स युनियन (ITU) का अनुसार कोभिड-१९ महामारीको समयमा विश्वव्यापी इन्टरनेट प्रयोगकर्ता १० प्रतिशतले बढेको छ। यो पछिल्लो दशकमा सबैभन्दा ठूलो वार्षिक वृद्धिदर हो। यससँगै ७ अर्ब ८ करोड मानिसमध्ये ६३ प्रतिशत इन्टरनेटमा जोडिएका छन् ।

नेपालमा इन्टरनेट सेवा प्रदायकहर बीच पछिल्लो समय निक्कै नै घम्सा घम्सि पर्न शुरु भएको छ, उक्त घम्सा घम्सिको श्रेय भने CG Net लाइ नै जान्छ। विगतमा ८० एम्बिपिएस ब्यान्डविथ भन्दा माथिको स्पिडमा इन्टरनेट नदिएका उक्त सेवा प्रदायकहरू अहिले १५० भन्दा माथिको ब्यान्डविथको इन्टरनेट उपलब्ध गराउंदै आएका छन्।

के छ त CG Net को अवस्था?
जब CG Net ले आफ्नो 120Mbps घरेलु योजनाहरू प्रस्तुत गर्यो, यसले ताजा हावाको सास जस्तै महसुस त गरायो तर प्रचार अनुसारको सुविधा भने दिन सकेन।

धुमधाम फुर्तिफार्तिका साथ् सस्तोमा गुणस्तरीय इन्टरनेट सेवा दिने भन्दै प्रचार- प्रसार गरिएको १२० एम्बिपिएस ब्यान्डविथको CG Net २० देखि ५०एम्बिपिएस ब्यान्डविथ को दायरामा चल्छ भने फ़ाट्टफ़ुट्ट ५० कट्ने सम्भावना रहन्छ।

नेपालि इन्टरनेट सेवा प्रदायकहरूले देखाएको परम्परागत ठगीको धन्दा त छोडेन नै, अझ अरुको तुलनामा यसको ग्राहक सेवाको पाटो झनै खराब छ, केहि मुख्य ठाउंहरुमा मात्रै बिस्तार हुँदै आइरहेको उक्त इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकहरुलाई भने खास्सै चासोको विषय बनाएको देखिदैंन, इन्टरनेटमा समस्या आएर फोन गर्दा होस् या अन्य सहयोगका लागि होस् ग्राहक सेवा केन्द्रले न त कल नै रिसिभ गर्छ न त समस्या बताइसकेपछि चुस्त समाधान हुन्छ।

विस्तारकै क्रममा रहेको उक्त इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवाहरुलाई थप मजबुद नबनाए उम्रिदै गरेको कोपिला फक्रिन नपाई कुहिने निश्चितप्राय: देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?