सरकारले ट्रायल पास गरेका चालकलाई सोहि दिन परिक्षणकालिन लाईसेन्स उपलब्ध गराउने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रेणु कुमारु यादवका अनुसार चालकलाई ट्रायल पास गरेकै दिन QR कोड सहितको परिक्षणकालिन लाइसेन्स दिने तयारि थालेको छ।
विभागले भदौदेखि ट्रायल पास गरेका र नविकरणका लागि निवेदन दिएकाहरुलाई उक्त QR कोड सहितको एकै किसिमको पी.भी.सी. कार्ड दिने भए संगै स्मार्ट लाइसेन्सको झन्झट कम हुने मन्त्री यादवको भनाई छ।
उक्त कार्डको QR कोड स्क्यान गरेर ट्राफिक प्रहरीले सजिलै चालकको सम्पूर्ण विवरण थाहा पाउने भए संगै ट्राफिक नियम उल्लङ्घन कम हुने विश्वास लिइएको छ।