एजेन्सी । भिडियो सेयरिङ प्लाटफर्म एप टिकटकले नकरात्मक र समस्याग्रस्त स्ट्रिमहरूबाट बच्न आफ्नो एल्गोरिदम परिवर्तन गर्दैछ । प्रख्यात “The wall street journal” मा गरिएको एक सर्वेक्षण अनुसार टिकटकमा प्रयोगकर्ताले एकपटक हेरिएको कन्टेन्ट पटकपटक देखाइरहने सुबिधाका कारण युवायुवतीहरु यौन तथा लागुऔसतमा उत्प्रेरित हुने गरेको पाईएको छ।
टिकटकले जुन भिडियो प्रयोगकर्ताले बढी हेरी रहन्छन् सोही क्याटगोरीमा भिडियोहरु देखाइरहने एल्गोरिदम परिवर्तनको विकाश गरेको थियो । उक्त्त फिचरको विज्ञहरुद्वारा चर्काे आलोचना भएसँगै टिकटकले for you फिड मा सबैखाले कन्टेन्ट प्रयोगकर्ताले कस्टोमाइज गरेर हेर्न मिल्ने एल्गोरिदम विकाश गरि नकारात्मक असर पुर्एयाउने खालको कन्टेन्ट हटाउने भएको छ ।