Trending:

टाटा ‘न्यु ह्वील्स, न्यु डिल्स’को हरेक बुकिङमा आकर्षक उपहार कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत नेपालपे क्युआरको अन्तरदेशीय भुक्तानी सहकार्य सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’ थाईल्यान्डमा नेटाको उपस्थिती कस्तो छ ? सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा अमेरिकामा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र व्हाट्सएपमा फ्याक्ट चेकिङ प्रोग्राम बन्द विद्युत् नियमन आयोगको ‘डीएमएस’ सञ्चालनमा भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो मोबाइल प्रयोगकर्ताको तथ्यांकमा बिलिङ प्रणालीका उत्पादक र बिक्रेतालाई पहुँच नदिनू: सर्वोच्च अदालत राइड सेयरिङ ‘सजिलो’मा यात्रा गर्ने ग्राहक र राइडर दुबैलाई नि:शुल्क बीमा नेपालमा सामसङको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल ताजा रगत खोज्न ‘मोबाइल एप्स’ सार्वजनिक एफ-वान सफ्टको सिस्टम ह्याक गरेर साढे तीन करोड चोरी साइबरको माध्यमबाट ७८ लाख लुटियो ४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजी एक्समा इलन मस्कको नयाँ नाम ‘केकियस म्याक्सिमस’ दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता जागिरकाे प्रलाेभनमा फेसबुक, ह्वाट्सएपमा लिङ्क पठाएर ठगी गर्ने क्रम बढ्याे स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबिच भएको अन्तर बैंक भुक्तानी सम्झौता सम्पन्न ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा दराजमा १८% छुट अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुन्डाई आयोनिक–५ ले बनायो गिनिज वर्ल्ड रेकर्ड ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १५० क्यासब्याक एमएडब्लु वृद्धि चांगानको ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ ‘इनोभेसन क्याम्पस’ नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध जापान एयरलाइन्समा साइबर आक्रमण एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो बजाज फाइनान्स मेला २०२४ सुरु अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेघावाट बिजुली उत्पादन गर्ने भ्रामक समाचारको पछि इसेवाको अनुरोध क्रिमसन टेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने दक्षिण कोरियाले गर्‍यो ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : सञ्चारमन्त्री गुरुङ आइएमई पेबाट ट्राभल बुकिङमा १०० % क्यासब्याकको अफर
इन्टरनेट

घट्दो गुणस्तरमा दराजका उत्पादनहरु, छैनन् प्रतिष्पर्धी !

घट्दो गुणस्तरमा दराजका उत्पादनहरु, छैनन् प्रतिष्पर्धी !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

नेपालमा केही वर्ष पहिले अनलाइन सपिङ अहिलेको जस्तो लोकप्रिय थिएन। अविश्वसनीय गुणस्तर र अनलाइन भुक्तानी गेटवेको अभाव यसका मुख्य कारणहरु हुन्। अहिलेको परिस्थितिमा प्रविधिको विकासले नेपालमा अनलाइन सपिङ साइटहरूको द्रुत प्रगतिलाई सम्भव बनाएको छ। मानिसहरु आफ्नो ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, आदि प्रयोग गरी आजकाल बजार नगई पनि आफ्ना आवश्यक वस्तुहरु विक्री तथा खरिद गर्न सक्ने भएका छन्।

एक ५ वर्ष पुरानो अध्ययनले नेपालमा कुल इ-कमर्स ट्राफिकको लगभग ३५ प्रतिशत मोबाइलबाट मात्र भएको देखाउँछ। साथै, आजको दिनमा मानिसहरूले धेरै डिजिटल भुक्तानी प्लेटफर्महरू प्रयोग गरेर सजिलै अनलाइन भुक्तानी गर्न सक्छन्। यसो हुँदै गर्दा हाम्रा कारोवारहरु केहि हदसम्म सहज र नगद रहित बन्दै गएका छन्।

समय संगै बढ्दै गएको अनलाईन सपिङ्गको क्रेज र यसको बढ्दो संख्या त स्वाभाविक नै हो तर अनावश्यक रुपमा च्याउ पलाए झैँ इ-कमर्स साईटहरु खुल्दै गर्दा प्राय:ले गुणस्तरमा ध्यान नदिंदा अनलाईन सपिंगको अस्तित्व नै धरापमा परेको छ।
नेपालकै पुरानो तथा चर्चित ए-कमर्स साइट ‘दराज’ बेला बेलामा विभिन्न कारणहरुले चर्चामा आइरहन्छ, उक्त प्लेटफर्म कहिले यसको सेवाका कारण चर्चामा आउँछ त कहिले प्रतिष्पर्धी गिरोहका कारण।

कस्तो छ त ‘दराजको’ वास्तविक सेवा:
केहि वर्ष अघि सम्म सिमित मात्रामा भएका इ-कमर्स मध्यको एक हो दराज, जसले नेपालको ई-कमर्स क्षेत्रलाई विकस गर्ने कुरामा केहि हदसम्म सहयोग त पक्कै गरेको छ तर यसले दिने सेवाहरुको गुणस्तरमा भने पटक पटक आलोचना हुने गरेको छ।
ग्राहकहरुको भनाई अनुसार दराज संग किनबेच गर्दा देखाएजस्तो सामाग्री वास्तवमा नपाउने र पाएको सामाग्री मन नपर्दा फिर्ता गर्ने राम्रो पोलिसी नहुँदा समेत समस्याहरु उब्जिएको पाइन्छ।

धेरै जसो यस्ता समस्या ग्राहकहरुको आफ्नै हेल्चाक्राईबाट पनि हुन्छ: आफुले सामान अर्डर गर्नु अघि सेवा प्रदायक(उद्पादक) स्टोरहरुको रेटिंग नहेर्ने वा उत्पादनको बारेमा अरुले लेखेको कमेन्ट नपढ्ने बानीले गर्दा पनि ग्राहक गलत स्टोरमा फस्छ र सम्पूर्ण दोष दराज प्लेटफर्म लाई लाउँछ। त्यसो भन्दै गर्दा दराजले पनि यस्ता बाहाना देखाएर पन्छिन भने मिल्दैन उसले विक्रेताहरु लिंदा उसको सेवादक्षता र उत्पादनको गुणस्तर बारे भने ध्यान राख्नै पर्ने हुन्छ।

समस्याहरु सबै खाले प्लेटफर्ममा हुन्छन तर जसले आफ्ना ग्राहकहरुलाई ध्यानमा राखेर त्यसको समाधानको बाटो खोज्छ उसले बजार पाउने कुरामा २ मत छैन भने ग्राहकका कुरा नासुन्नेहरु बिस्तारै विलिन हुँदै जाने पनि निश्चितप्राय: छ, त्यसो त दराज अझै फस्टाउने वा विलिन हुने दराजकै संचालकहरुमा भर पर्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?