२० जेष्ठ २०८०, शनिबार

नेपाली वैज्ञानिकहरुले निर्माण गरेको स्याटेलाइट ‘SANOSAT-1’ अन्तरिक्षमा प्रक्षेपण गरिंदै !



स्यानोस्याट-वान अन्तरीक्षमा पठाउन लागिएको दोस्रो र नेपालमै निर्मित पहिलो भू-उपग्रह हो ।

अन्तरीक्षसम्बन्धी खोज अनुसन्धान गर्ने नेपाली वैज्ञानिकहरुको कम्पनी ओरिएन स्पेसले निर्माण गरेको नेपाली स्याटेलाइट ‘SANOSAT-1’लाई आज राती ९ बजेर १५ मिनेटमा SpaceXको फाल्कोन-९ रकेटबाट पृथ्वीको कक्षमा प्रक्षेपण गरिने भएको छ।

बहुचर्चित धनाड्य व्यक्ति एलन मस्कको कम्पनी ‘स्पेस-एक्स’ को फाल्कों-९ रकेटबाट नेपालमै निर्मित स्याटेलाइट अन्तरीक्षमा पठाइन लागिएको हो ।

ओरिएन स्पेसले निर्माण गरेको 250gram तौलको उक्त स्याटेलाइटले एकवर्ष पृथ्वीको कक्षमा रहेर काम गर्नेछ भने यसले ५ सय किमी लामो कक्षमा रहेर सूर्यका विकिरणहरु Beta र Gamma को अध्ययन एवं मापन गर्ने तथा डिजिटल रिपिटरको रुपमा काम गर्नेछ।

प्रविधिमा भर्खर बामे सर्दै गरेको नेपालि क्षेत्रमा यत्तिको प्रविधिको विकाश एउटा उपलब्धि मान्न सकिन्छ र यसै क्रममा यो पटक पृथ्वीको कक्षमा प्रक्षेपण गर्न लागिएको उक्त स्याटेलाइट्को लंचिंग खर्च भने नेपालि ४० लाख रुपैयाँ लागेको छ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा