१४ चैत्र २०७९, मंगलवार

नेपालमै निर्माण गरिएको स्याटेलाइट ‘सानो स्याट–१’ को प्रक्षेपण सफल



नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ बिहीबार राति सफल प्रक्षेपण भएको छ । स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा प्रक्षेपण भएको हो ।

प्रक्षेपण भएको १ घण्टा ५ मिनेटपछि एक्जोपोर्ट-६ डिप्लोयरले सानोस्याट-१ लाई अन्तरिक्षमा छाडेको थियो । स्याटेलाइट अन्तरिक्ष ५४० किलोमिटरमा लगेर छाडेको ओरियन स्पेसका प्रमुख राकेशचन्द्र प्रजापतिले जानकारी दिए ।

‘सानो स्याट–१’ भक्तपुरको ओरियन स्पेसले निर्माण गरेको हो भने यसको तौल २५० ग्राम छ। यो स्याटेलाइट ५ सेन्टिमिटर घनाकारको छ जुन खल्तीमा पनि अट्न सक्ने भएकाले यसलाई ‘पकेट क्युब स्याट’ पनि भनिन्छ ।

यो स्याटेलाइटमा नेपालको राष्ट्रिय झन्डा अंकित छ । यस्तै, दुई स्याटेलाइट निर्माणमा विभिन्न समयमा संलग्‍न भएका दुई दर्जन बढीको नाम पनि अंकित छ । यो स्याटेलाइट निर्माणमा सबैभन्दा बढी इन्जिनियरद्वय सौरभ पौडेल र जितेन थापा खटिएको उनले बताए ।

 


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द