© 2021-2024
एच.एम.डि ग्लोबल, Nokia ब्राण्डको मालिकले अमेरिकाको ईण्ट्रि लेभल स्मार्टफोन बजारमा तरंग ल्याउन तयारि गरेका छन ।
गत बुधबार एच.एम.डि ले २०२२ मा Nokia ले आफ्ना पाँच बजेट फोन सार्वजनिक गर्ने घोषणा गरेको छ। नयाँ मोडेलका फोन सुरुवाती चरणमा अमेरिकी बजारमा उपलब्ध हुने कम्पनिले बताएको छ।
यसका साथै एच.एम.डि ग्लोबलले यो वर्ष Dish वाइरलेस र कन्ज्युमर सेलुलरले नोकिया फोनहरू बोक्ने समेत घोषणा गरेको छ। मोबाइलको विषयमा सबै जानकारी उपलब्ध नगराए पनि २०२२ भित्र यी सबै फोन अमेरिकी बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ। सार्वजनिकको तयारीमा रहेका पाँच फोनमध्ये एक हो ‘Nokia G400’ जुन सार्वजनिक हुने फोनमध्ये एउटै मात्र 5G support गर्ने फोन हो ।