भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्क मार्फत गत पुष मसान्त महिनामा ५१ अर्ब बढिको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तिब्र रूपमा बढिरहँदा खेरि फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो ।
पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढिको कारोबार भएको हो र सो सर्भिस प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्स्फर र अरु विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको जानकारी आएको छ।
फोनपे लेनदेनको मूल्य र मात्रा, दर्ता भएका प्रयोगकर्ताहरू र व्यापारी कभरेज सहित सबै प्रमुख मेट्रिक्समा उद्योगको नेतृत्व गर्दै आएको छ।आधा खर्बभन्दा माथिको आँकडा पुरा गरेपछि सोमबार फोन पेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पुरा गर्न सहयोगी भूमिका खेल्ने फोनपेका सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ ।
फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० रूपैयाँमै सहज रुपमा रकम पठाउन सकिन्छ यसका साथै मर्चेन्टले निशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन ।
फोनपे पेमेन्ट सर्विस नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । हालै फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्द छन् भने अन्तराष्ट्रिय भुक्तानी पार्टनरमा चाइना युनियन पे र अलि पे आवद्ध रहेका छन् । फोनपेमा इसेवा, आइएमइ पे र सेलपे जस्ता भुक्तानी सेवा प्रदायक समेत आबद्ध रहेका छन् ।