९ चैत्र २०७९, बिहीबार

इन्स्टाग्रामले सिर्जनाकर्ताहरूको लागि सदस्यता परीक्षण गर्दै !



इन्स्टाग्राम तपाईको नेटत्वोर्क बढाउन र ब्रान्ड जागरूकता बढाउनको लागि एक उत्कृष्ट सामाजिक नेटवर्क हो। सिर्जनाकर्ताहरूले अनुयायीहरूलाई विशेष सामग्रीको लागि प्रति महिना $ ०.९९ देखि $९९.९९ सम्म चार्ज गर्न सक्ने छन्। इन्स्टाग्रामले बुधबार अमेरिकी सिर्जनाकर्ताहरूको सानो समूहसँग सशुल्क सदस्यता सुविधा ल्यायो ,जसले अनुयायीहरूलाई इन्स्टाग्राम लाइभ र स्टोरीहरूमा विशेष सामग्रीको लागि भुक्तान गर्न अनुमति दिने भएको छ।

इन्स्टाग्रामका लागि सदस्यताहरूले सिर्जनाकर्ताहरूलाई स्टोरी र पोस्ट गर्न दिने छ जसमा पर्दा पछाडिको सामग्री वा थप व्यक्तिगत सन्देशहरू समावेश हुन सक्ने छ । सिर्जनाकर्ताहरूले उनीहरूको सामग्रीको सदस्यता लिएका जो कोहीको नामको छेउमा पुर्प्ले ब्याज देख्नेछन्, जसले तिनीहरूलाई डाइरेक्ट कमेन्ट वा रिप्लाई दिनलाई प्राथमिकता दिन मद्दत गर्न सक्छ।

इन्स्टाग्राम प्रवक्ताका अनुसार, परीक्षण लन्चको लागि सिर्जनाकर्ताहरूसँग छनोट गर्न आठ फरक मासिक मूल्य अंकहरू $० .९९ , $१.९९ , $२.९९ , $४.९९, $९.९९, $१९.९९ , $४९.९९ वा $९९.९९ रहेका छन्। इन्स्टाग्रामले कम्तिमा आगामी २०२३ सम्म राजस्वको कटौती नलिने भएको छ, जबकि अभिभावक कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा सिर्जनाकर्ताहरूबाट शुल्क उठाउन थाल्ने अपेक्षा गरिएको छ।

कम्पनीले सन् २०२३ मा कति राजस्व शेयर प्रतिशत रहने छ भन्ने खासै खुलासा नगरे पनि मेटाका सीईओ मार्क जुकरबर्गले यसअघि नै ३० प्रतिशतभन्दा कम कटौती हुने बताएका थिए।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः