सञ्चार सञ्जाल पूर्ण रूपमा सञ्चालन गर्न केही साता लाग्ने भएको छ।
गत शनिवार टोङ्गामा एउटा शक्तिशाली ज्वालामुखी विस्फोटन भई उत्पन्न सुनामीका कारण सञ्चार सञ्जालमा क्षति पुगेको हो।
केही टापुमा सञ्चार र विद्युत् सेवा पुन: सुरु भएको छ तर समुद्रमुनिको तारमा पुगेको क्षतिका कारण इन्टरनेट सेवा फेरि सञ्चालन हुन लामो समय लाग्ने देखिएको छ।
त्यहाँ पुगेको क्षतिको सहि आकलन हुन नसक्दा टोङ्गाको बाह्य संसारसँग समेत राम्ररी सम्पर्क हुन सकेको छैन।
विस्फोटनपछि टोङ्गाको मुख्य टापु खरानीले ढाकिएको थियो र पश्चिमी तटीय क्षेत्र नराम्ररी प्रभावित भएको थियो।
सदर्न क्रस केबल नेटवर्क्सका निर्देशक डिन भेभर्काले एएफपी समाचार संस्थासँग भने, “हामीले अस्पष्ट जानकारी पाइरहेका छौँ तर एउटा तार छिने जस्तो देखिन्छ।”
“त्यो मर्मत गर्न दुई सातासम्म लाग्न सक्छ। समद्रमुनि तार बिछ्याउने नजिकको पानीजहाज पोर्ट मोर्सबीमा छ,” ४,००० किलोमिटर पर रहेको पपुवा न्यूगिनीको राजधानीलाई इङ्गित गर्दै उनले भने।
यस संगै नेपालमा पनि यसको असर परि इन्टरनेट ढिलो चल्ने समस्या देखिएको छ।