© 2021-2024
सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा prank को नाममा सर्वसाधारण व्याक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरि सो को फोटो तथा भिडियो फ़ुटेजहरु सामाजिक संजालमा अपलोड गर्नेलाई सरकारले कडा कारवाही गर्ने चेतावनी दिएको छ।
सार्वजनिक स्थानहरुमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रवाभ एवं व्यक्तिगत गोपनियता, प्रतिष्ठामा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सरकारले उक्त चेतावानिमुलक जानकारी सार्वजनिक गरेको हो।
यस संगै अनुमति बिना कुनै व्यक्तिको फोटो तथा भिडियो समेत लिन र सार्वजनिक गर्न नपाइने कुरा पनि जानकारीमा उल्लेख छ।