यातायात व्यवस्था विभागले आज आइतबारदेखि बागमती प्रदेशमा नागरिक एप वा वेबसाइटबाट अनलाइन र डिजिटल भुक्तानीमार्फत ब्लुबुक नवीकरण गर्न सकिने जनाएको गरेको छ।
सवारीसाधन आजभोलि एक आधारभूत आवश्यकता जस्तो बनिसकेको छ, बाईक सायदै थोरै घरमा होलान तर यत्रो धेरै सवारीसाधन मालिकहरु कर तिर्न तथा ब्लुबुक नवीकरण गर्न कामै छोडेर घन्टौ लाइन लाग्नुपर्थ्यो कोरोनाको बेला त अझ यसैले गर्दा संक्रमण बढ्ने सम्भावना समेत उच्च भएको थियो।
यस्तै समस्याहरुलाई मध्यनजर गर्दै र सवारीसाधन धारकहरुको उच्च मागका कारण यातायात व्यवस्था विभागले उक्त सुविधा शुरु गरेको छ। डिजिटल नेपालको फ्रेमवर्कलाई कार्यान्वयनमा ल्याउनका लागि ब्लुबुक संगसंगै लाईसेन्स नविकरणको सुविधा पनि छिट्टै उपलब्ध गराउने विभागको भनाई छ।